मान्यता
नजिक भएर पनि कहिल्यै नजोडिएको एउटा सम्बन्ध
8
8123 Sadil
StudentPublished: August 6, 2026 at 12:07 PM
Share
Photo Credits:- 8070'E' Shuvam

हामी सुने कहाँ भएका थियौँ र?

जो सधैं खोजिरहन्छ

सर्वे कुरा

आँखाको डिलमै अडिएर

कहिल्यै बाहिर आएनन्।

हामी नजिक थियौँ

तर दुई आँखाको दूरी जस्तै

सानो तर अडृश्य नाताको डोरीले बाँधिएका।

तिमी नजिक थियौ

म पनि उस्तै।

तर सधैं नजिक हुँदा हुँदै पनि टाढा भई बिर्स्यौँ,

मनभित्रको हलचल

अनजान जस्तै लुकेको थियो।

आखिर विश्वास नहुँदा

कसले देख्ने?

देख्यो त हाम्रा अधुरो मुस्कान मात्रै

तर त्यो साँचो थिएन...

मनको बाँध खोल्न दिन

धेरै ढिला भइसकेको थियो।

कल्पनाका सबै कुरा

सपनामै साँचेर राखेका थियौँ।

तर म अझै जान्दछु

अधुरो प्रेम भनेको

छुट्टिनु मात्र होइन

नभेटिएका भाव आज पनि बाँकी हुनु हो।