उठ्छ मेरो देश
आशा नमरेसम्म, मेरो देश उठिरहन्छ।

Photo Credits:- 8070'E' Shuvam
उठ्छ मेरो देश
फेरी,
धुवा फालेर,
खरानी टकटक्याउदै
भ्रष्ट फालेर,
सुसासन लहलाउदै
उठ्छ मेरो देश ।
फेरी,
चुनौती फालेर
हासोहरु सम्हाल्दै
लक्ष्य पालेर,
बिकास गड्गडाउदै
उठ्छ मेरो देश ।
फेरी,
सडकमा रगत पोखिदैन
बर्दिको मुल्य जोखिदैन,
युवाको आशा रोकिदैन
सज्जनलाई जेलनेल ठोकिदैन,
उठ्छ मेरो देश ।
फेरी,
कपुतहरु कुर्सी ताक्दैनन्,
सज्जनहरु कामले थाक्दैनन्,
कुटिलहरु नजिक पर्दैंनन्,
कुपात्रले शासन गर्दैनन्
उठ्छ मेरो देश !
फेरी,
स्वार्थीहरु मिल्न सक्दैनन्
हाम्रो कर निल्न सक्दैनन्,
सपनाहरु पोल्न सक्दैनन्,
हाम्रो रगत धोक्न सक्दैनन्,
उठ्छ मेरो देश !
फेरी,
जुत्ताले रगत माग्ने छैन,
युवाको आवाज थाक्ने छैन्,
चन्द्र सुर्य भुईमा राख्ने छैनन्,
भ्रष्टले कुर्सी ताक्ने छैनन् ।
उठ्छ मेरो देश ।
फेरी,
चन्द्र सुर्य फरफराउँदै उठ्छ मेरो देश ।।
Latest Articles
परेवा_


